आज :

अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुने

  • अनलाइन डबली

काठमाडौं । उर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन् । उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक रुपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत उत्पादन हुने दाबी गरे ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री बस्नेतले देश खत्तम भयो, विकास नै भएन र नेपालमा केही पनि सम्भावना छैन भन्ने युवा मानसिकतालाई चिर्नुपर्ने बताए । व्यवस्था परिवर्तनसँगै गणतन्त्र स्थापना पछि सकारात्मक परिवर्तनहरु भैरहेको बताएका उनले उर्जा क्षेत्रमा पछिल्लो समय राम्रो प्रगती भएको उल्लेख गरे ।

१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत उत्पादन गरेको र नेपालमा सकारात्मक रुपमा विकास भैरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट उर्जा उत्पादन हुने दाबी गरे ।

मन्त्री बस्नेतले भने, ‘अहिले २९ सय मेगावाट विद्युत उत्पादन भएको छ । अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावट विद्युत पुर्याउँदै छौं । त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत उत्पादन भैसकेको छ ।’

नेपालमा उर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै उर्जा उत्पादन भएको धारणा राखेका मन्त्री बस्नेतले उल्लेखित उर्जा उत्पादनको तथ्यले पनि देश बर्बादितिर भन्दा निर्माणतिर गैरहेको बताए । उनले आगामी १२ वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने जिकिर गरे ।

‘हामी २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेर अगाडि बढेका छौं आगामी १२ वर्ष भित्रमा त्यो लक्ष्य हाँसिल हुन्छ ’ मन्त्री बस्नेतले भने ।

प्रत्येक १ हजार मेगावाट विद्युत देशमा उत्पादन हुँदा त्यहाँ ३० हजार नागरिकलाई रोजगारी सिर्जना हुने भनाई उनको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal