आज :

फिलिप ज्याक्शनको समुपस्थितिमा नेपाल लाइफद्वारा जीवन बीमाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजन

  • अनलाइन डबली

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयमा छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्धप्रतिष्ठीत तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको समुपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल प्रमुख रहेको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रमले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तर्रास्ट्रिय स्तरमा भईरहेका विकाशक्रम तथा असल अभ्यासहरुसँग चिरपरिचित हुन सहज हुने पराजुलीले बताए । उनले ज्ञान आदानप्रदान हुनेमा विश्वस्त रहेको समेत बताए ।

कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले कार्यक्रम आयोजनाको लागि कम्पनीलाई धन्यवाद दिँदै बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरु चालिरहेको कुरा बताए ।

संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्क्षयरूपमा कामगरिहेको फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको समेत बताए । सिलवालले बीमा बजारको विकाशका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे ।

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अबसर, समस्या र चुनौतीका बारेमा बृहत प्रस्तुतिकरण दिएका थिए । साथै, नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गर्दै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा जानकारी समेत दिएका थिए ।

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु राख्दै अन्य देशहरुले यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा पनि जानकारी गराएका थिए । उनले नेपालमा सहज तरिकाले कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा सुझाव समेत दिएका थिए ।

अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्लाउँदै ज्याक्सनले अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सुझाव दिएका थिए ।

सो कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्शनले दिएका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal