आज :

आइसीसी अध्यक्ष बार्कले आज फर्किँदै, नेपाली क्रिकेटलाई सहयोग गर्ने प्रतिवद्धता

  • अनलाइन डबली

काठमाडौं । आइसीसी अध्यक्ष ग्रेग बार्कले आज फिर्ता हुने भएका छन् । नेपाल भ्रमणबारे काठमाडौंमा बुधबार साँझ पत्रकार सम्मेलनको गर्दै अध्यक्ष बार्कलेले नेपाल सरकार र खेलकुद परिषद् पदाधिकारी क्रिकेटको विकासका लागि सकारात्मक हुनु सुखद रहेको बताए ।

“नेपालको छोटो अवधिको भ्रमण फलदायी रह्यो । यहाँको क्रिकेटको अवस्थालाई लिएर धेरै भेटघाट र बैठक गरियो । प्रधानमन्त्री, खेलकुद मन्त्री, खेलकुद परिषद् पदाधिकारीसँग भेटघाट भए । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । सबैजना क्रिकेटप्रति सकारात्मक पाएँ । नेपाली क्रिकेटको प्रगतिप्रति आशावादी हुन सकिन्छ” बार्कलेले भने ।

नेपाली क्रिकेटलाई आइसीसीको निरन्तर सहयोग गरिरहेको उनले स्मरण गराउँदै भने, “नेपालको क्रिकेटलाई आइसीसीले हेरिरहेकै छ । हामी कसरी नेपाली क्रिकेट अगाडि बढ्छ भन्नेमा सघाउँदै आइरहेकै छौं,’ उनले भने, ‘भविष्यमा पनि आइसीसीले गर्न सक्ने सहकार्यलाई निरन्तरता दिने नै छ ।”

त्यस्तै, पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमणले आइसीसी नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्न इच्छुक रहेको पुष्टि भएको बताए ।

बार्कलेले भने, “आइसीसी अध्यक्ष नेपाल आएर नेपाली क्रिकेट जगतको विकासका लागि सकारात्मक रहेको सन्देश प्रवाह भएको छ । नेपाल सरकार क्यान पनि प्रेरित भएको छ । हामीमा खेलकुदका संरचनाको विकास र खेलाडीको क्षमता विकासका लागि ऊर्जा मिलेको छ ।”

अध्यक्ष बार्कलेले हिजो प्रधानमन्त्री प्रचण्डसँगै खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राखेप सदस्यसचिव टंकलाल घिसिङसँग भेटघाट गरेका थिए । भेटमा प्रधानमन्त्री दाहालले क्रिकेटप्रति नेपाल आशावादी रहेकाले पूर्वाधारमा लगानी बढाएको जानकारी गराएका थिए ।

चारदिने औपचारिक भ्रमणमा नेपाल आएका आइसीसी अध्यक्ष बार्कले बिहीबार फर्किने कार्यसूची छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal