 
	
काठमाडौँ, चैत ४ गते ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालयमा विनियोजित ४अर्ब बजेटबाट झण्डै आधा त तलब लगायतका शिर्षकमा मात्र खर्च हुने हँुदा बाँकी रकमबाट आफुलाई प्राप्त जिम्मेवारी कसरी कार्यन्वयन गर्न सकिएला भन्नेमा म गृहकार्यमा छुँ भन्नुभएको छ ।
नेपाल तामाङ घेदुङद्वारा आइतवार राजधानीमा आयोजित सम्मान तथा शुभकामना समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री तामाङले आफुले जिम्मेवारी सम्हालेको मन्त्रालयले नागरिक उड्डयनसहित वृहत क्षेत्रको प्रवद्र्धन, उत्थानमा काम गर्नुपर्ने तर बजेटको सीमा एकदमै न्यून भएकाले पनि आफु सोच्न बाध्यभएको बताउनुभयो ।
उहाँले सांस्कृतिक, धार्मिक पर्यटनमा टेवा पु¥याउने नेपालको ऐतिहासिक सम्पदाहरु , २०७२ को भुकम्पले ध्वस्त भई अझै पुनर्निर्माण भईनसकेको दुई सय २५ वटा गुम्बाको मात्र पुर्ननिर्माण गर्न ४ अर्ब रुपियाँ त बजेट निकाशा गर्नुपर्ने हिसाव प्राप्त भएको अबस्थामा कसरी खर्च व्यबस्थापन गर्न सकिएला सुझाव दिन थोरै बजेटमा देशका सबै जाति भाषा धर्म संस्कृतिको प्रवद्र्धनको लागि सुझाब दिन आव्हान गर्नुभयो ।
मन्त्री तामाङले धर्म, संस्कृतिको प्रवद्र्धनसँगै, पर्यटन प्रवद्र्धनका लागि दलगत विचार भन्दा माथि उठेर एकजुट हुन आग्रह गर्नुभयो । सो अवसरमा पूर्व राजदुत गणेश योन्जनले नेपालीको धार्मिक, सांस्कृतिक, भाषिक विविधतालाई सम्बोधन हुने योजना, कार्यक्रमलाई प्राथमिकतामा राखेर धार्मिक÷सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र समुदायसँग सहकार्य गर्न सुझाव दिनुभयो । उहाँले देशमा अझैपनि एकल भाषा ,धर्म ,संस्कृति लाड्ने परम्परा कायमै रहेकोले देशको विविध धर्म संस्कृतिको पहिचान उजागर हुनेगरी विश्वभर राजदुतावास मार्फत बुद्ध जयन्ती , ल्होसार , न्हुँद ,माघी ,दशैं तीहारलगायतका पर्वको पनि आयोजनागरी संस्कृति मन्त्रालयले पर्यटन प्रवद्र्धन गर्न सकिने सुझाव दिनुभयो ।
पूर्व पर्यटन राज्यमन्त्री परशुराम वाइवाले विविधतापूर्ण नेपाली संस्कृति आफैंमा धनी रहेको बताउँदै मन्त्रालयले तिनै धार्मिक, सांस्कृतिक सम्पदाको प्रवद्र्धनका आवश्यक नीतिगत र बजेट राखेर सहयोग गरेर नेपालीको हौसला बढाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा मन्त्री तामाङको कार्यकाल रचनात्मक कामहरूसहित सफल होस् भन्ने कामना गर्दै लामा घेदुङ र संस्कृति घेदुङका पदाधिकारीले मन्त्र तथा ताम्बा बचनहरूको वाचन गर्नुभएको थियो । साथै विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूले खादा, टटेलाको फूलको माला, सगुन प्रदान गरी शुभकामना दिनुभएको सो कार्यक्रममा नेपालमा तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले मन्त्री तामाङ घेदुङको सल्लाहकार समेत रहनुभएकोले घेदुङको सांस्कृतिक साझा घर बनाउने पहलका लागि सरकारको नीतिभित्र रहेर सहयोग गर्नुहुने अपेक्षा व्यक्त गर्नुभयो ।
घेदुङका सह–अध्यक्ष कुमार सिंह घिसिङले मन्त्री तामाङको कार्यकालमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक तथ्य, प्रमाणका आधारमा महत्वपूर्ण तर ओझेलमा परेका सम्पदाहरूको प्रवद्र्धनको कामको थालनी होस् भन्ने विचार व्यक्त गर्नुभयो ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


