आज :

सार्वजनिक प्रशासन शैलीका कारण जनतामा निराशा छाएको छ: अर्थमन्त्री पुन

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक प्रशासनको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताएका छन् । उनले जनतामा छाएको निराशालाई आशामा परिवर्तन गर्न सबैको साझा प्रयास आवश्यक हुने बताए ।

आइतबार नागरिक लगानी कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री पुनले आमजनतामा सार्वजनिक प्रशासन, राजनीति, अर्थतन्त्रका क्षेत्र, बैंक तथा वित्तीय संस्था चारैतिर निराशामात्रै देखिएकाले त्यसलाई चिर्नु अहिलेको चुनौती भएको बताए ।

अर्थमन्त्री पुनले भने, “राजनीतिक नेतृत्वमा समस्या छन्, शुद्धीकरणको आवश्यकता हामी आफैंले महशुस गर्दै आएका छौँ । यही कार्यशैली रहिरहने हो भने आजको आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन, राजनीतिक र प्रशासनिक शुद्धीकरण जरुरी छ । ३४ वर्ष अगाडि स्थापना भएको यही संस्थाको आज औचित्य सान्दर्भिक छ कि छैन ? राज्यले जम्मा गरेका लगानीकर्ता, प्रवर्तक र सञ्चालकहरु जम्मा भएर आजको बजार माग अनुसार हामी प्रतिस्पर्धा गर्न सक्छौं कि सक्दैनौँ ? समीक्षा गर्नुपर्ने अवस्था देखिएको छ ।”

मन्त्री पुनले देशका केही क्षेत्रमा सुधार र निकै राम्रो प्रगति भए पनि नकारात्मक पक्ष मात्रै बाहिर आएको बताए । उनले राजनीतिक नेतृत्वदेखि सार्वजनिक प्रसाशन र व्युरोकेसीसम्मको संयन्त्रमा देखिएका समस्यामाथि समाजले नै प्रश्न उठाइरहेकाले जनअपेक्षा अनुरसार काम गर्न कार्यशैलीमा परिवर्तनको खाँचो औंल्याए । उनले नागरिक लगानी कोषले पनि आफ्नो औचित्य पुष्टि गर्नुपर्ने समय आएको उल्लेख गरे ।

व्यक्ति, संस्था, प्रशासन, नेतृत्व, राज्य संयन्त्रमाथि प्रश्न उठेपछि जवाफदेही बन्नुपर्ने उल्लेख गरेका उनले प्रश्न उठ्दैमा डराउन नहुने तर सकारात्मक रुपमा अगाडि बढ्न प्रश्नबाटै प्रेरित हुनुपर्नेमा उनको जोड छ ।

“राजनीतिमाथि प्रश्न, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लघुवित्तमाथि प्रश्न, व्यवसायी, मिडिया, सहकारी, सबै सार्वजनिक संस्था, न्यायालयमाथि प्रश्न उठेको छ । यहाँहरु जो जहाँ जुन जिम्मेवारीमा हुनुहुन्छ सबैले कानून भन्दा माथि म छु भन्ने सोच्नु हुँदैन, यो कुरा हामी सबैले ख्याल गर्नुपर्छ” पुनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal