आज :

मोरङ, तेह्रथुम र भोजपुरमा आगलागी : ३२ घर जलेर खरानी, करोडौंको क्षति

  • अनलाइन डबली

विराटनगर । मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन् ।

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका छन् ।

सन्थाल समुदायको बसोबास रहेको वडा नम्बर ३ को बाबुसाहेव टोलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, सुन्दरहरैँचा नगरपालिका लगायत आसपास क्षेत्रका पालिकाहरुको दमकल प्रयोग गरिएको छ ।

प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने काम भइरहेकाले क्षतिको विवरण आइसकेको छैन ।

आगो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । बाँस, सन्ठी जस्ता स्थानीय सामग्री प्रयोग गरी बनाइएका घरहरुमा आगो चाँडै फैलिएको जनाइएको छ ।

यसैबीच, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार जंगलबाट सुरु भएको आगो हावा चलेपछि बस्तीसम्म आइपुगेको थियो । आगोले स्थानीय बासिन्दाका ६ वटा घर जलेका छन् ।

यसैगरी, तेह्रथुमको आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा भएको आगलागीमा चारवटा घर जलेका छन् । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।

आगोले स्थानीयको घरसहित कपडा, अन्न, केही चौपाया सहित धनमाल जलेको छ । नजिकै रहेको जंगलमा लागेको डढेलो बस्तीमा आइपुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal