काठमाडौं । त्रिवेणी युवा क्लबले गरेको बृहत रक्तदान कार्याक्रममा २ सय बढीले रक्रदान गरेका छन् । अनामनगरमा भएको सो कार्यक्रम क्लबको वार्षिक क्यालेण्डर अनुसार ३/३ महिनामा हुने गरेको र शनिबारको सो कार्यक्रममा व्यापक सहभागिता भएको क्लबका सचिव ज्ञानकुमार श्रेष्ठले बताए ।
कल्बका अध्यक्ष बिन्देश खनाल, उपाध्यक्ष प्रोद बास्कोटाले विगत आधा दशकदेखि निरन्तर गतिशील सो कल्बले मानव जीवनको अत्यवश्यक र अमूल्य रगतको अभाव नहोस भनेर आफूहरुले क्यालेण्डरमै राखेर गर्ने गरेको बताए ।

त्रिवेणी युवा कल्ब प्रमुख आयोजक रहेको सो कार्यक्रमलाई काठमाडौं महानगरपालिका वडा नं.२९, समुदायीक प्रहरी सेवा केन्द्र घट्टेकुलो, शिखर युवा कल्ब, कलिका महावीर स्पोर्टस कल्ब, हाम्रो टिम नेपाल, नेपाल रेडक्रस सोसाइटी बनेश्वर उपशाख, नेपाल होस्टल एशोसियशन, ईको ड्राईभ अटोमोबाईल्स र लायन्स क्लब अफ काठमाडौं बानेश्वर शाखाले संयूक्तरुपमा प्रायोजन गरेका थिए ।




अनलाइन डबली




