आज :

प्रधानमन्त्रीको प्रचण्ड निर्णयः सुन तस्करलाई नछोड्ने, पूर्वउपराष्ट्रपतिको छोरा दिपेश पक्राउ

  • अनलाइन डबली

काठमाडौं । सरकारले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोग गठन गरेको थियो ।

यसैबीच सुन तस्करीसँग जोडिएका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई शुक्रबार राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनायो ।

सरकारको आजको निर्णयलाई प्रचण्ड निर्णयको रुपमा हेरिएको छ । आफ्नो पार्टीका नेतालाई बचाउन खोजेको आरोप लागिरहेको बेला प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal