आज :

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण फुटबल आज राती हुँदै

  • अनलाइन डबली

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरुहुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ ।

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको थियो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानविन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।

नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्ने छ ।

नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ । नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा युएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal