
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु भएको छ । विहीबार परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको हो । उनीहरुको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको हो ।
धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
रुसी सेनामा भर्ना भएकाहरुका मृत्यु हुनेको संख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।
दुई भन्दा बढीले परिवारले उद्धारका लागि निवेदन दिएको सरकारले जनाएको छ ।
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी समक्षीसँग फोन सम्वाद गरेर सेनामा भर्ना भएका नेपालीलाई फिर्ता पठाउन पहल गर्न आग्रह गरेका थिए ।