
काठमाडौँ महानगर प्रहरीबात पत्रकारमाथि धरपकड र हातपात भएको बिषयमा श्रमजीवी पत्रकार संघ, नेपालले रिलेंसन गरेको छ । गएको फागुन २८ गते सुन्धारा स्थित महानगर प्रहरीले सडक व्यापारीहरुलाई हटाउने क्रममा प्राणमञ्च मासिक तथा डटकमको प्रधानसम्पादकसमेत रहेका पत्रकार पदमप्रसाद पोखरेलमाथि आक्रमण भएको बिषयमा महानगर प्रमुख बालेन सहालाइ पटकपटक ध्यान आकर्षण गराउदा समेत कुनै प्रतिक्रिया नआएको भन्दै संघले मंगलबार बात रिलेंसन थालेको हो ।
झडप हुदा भिडियो खिचिरहँदा महानगर प्रहरीले मरणासन्न हुनेगरी लाठीले पिटेको उनकोभानाइ छ। कुटपिटबाट घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा तिघ्राको लिगामेन्ट च्यातिएको चिकित्सकले बताएका छन ।
शारीरिक रुपमा अपाङ्गता रहेका उनको हातखुट्टामा अन्य चोटपटक पनि लागेको छ । मिडियाको परिचयपत्र देखाउँदादेखाउँदै महानगर प्रहरीले आफूलाई लाठीले पिट्दै लछारपछार गरेको उनले बताए । आफ्नो मोबाइल फोन,क्यामेरा,ल्यापटप र कागजपत्र पनि प्रहरीले जफत गरेको उनको भनाइ छ ।
श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले महानगर प्रहरीको हर्कत संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् ।