आज :

बचत फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन

  • अनलाइन डबली

काठमाडौं । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन् ।

चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा पूरा नगरेको र आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै पीडितहरुले काठमाडौंका विभिन्न स्थानमा भेला भएर भृकुटीमण्डपमा कोण सभा गर्न लागेका हुन् ।

पीडितहरुले आजको प्रदर्शनका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क एरिया नजिकको बिजी मल, सिफल चौर शंखपार्क, र जावलाखेलबाट ११ बजे ¥याली निकालेर पाँचै टोली सुन्धारामा भेला हुने तय छ । त्यहाँबाट भृकुटीमण्डप पुगी पीडितहरुले कोणसभा गर्ने कार्यक्रम छ ।

सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)ले गरेको छ ।

काठमाडौं उपत्यकासहित देशभरि विभिन्न सहकारीमा सञ्चालकबाट ठगिएका बचतकर्ता व्यवसायी र सर्वसाधारणहरूले महिनौँदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, सरकारले पीडितको समस्या समाधान नै हुने गरी कुनै पहल लिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal