आज :

बौद्ध धर्मालम्बीहरु सम्यक महादान पर्व मनाउदै , १ सय २५ दिपंकर बुद्ध, देवीदेवताको एक स्थान प्रदर्शनी

  • अनलाइन डबली

ललितपुर,चैत्र १ । ललितपुरको नागबहालमा उपत्यकाका भित्र रहेका  ३२ महाविहार (बहाःबही) का देवीदेवताको एकै स्थानमा दर्शन गराइने  इतिल्हने सम्यक महादान पर्व आज बात प्राम्भ हुदै छ । प्रत्यक पांच वर्ष फागुण शुक्ल तृतीया र चौथीको दिन मा हुने यस सम्यक महादान पर्वमा काठमाडौँ ,ललितपुर ,भक्तपुर,किर्तिपुरमारहेका महाविहारमा रहेका १ सय २५ दिपंकर बुद्ध, शाक्यमुनि बुद्ध, मैत्री बुद्ध, आर्यतारा, वसुन्धरा देवीलगायत देवीदेवताको एक स्थान प्रदर्शनी गर्ने र दर्शन गराउन लागियेको हो।

ठकुरीवंशका राजा भाष्करदेवको पालादेखि सञ्चालन हुँदै आएको यस सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रूपमा गौतम बुद्धभन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रूपमा गौतम बुद्ध र भविष्यको बुद्धका रूपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ । सम्यक दानमा खीर, लाखामरी गरी मिठाइका विविध परिकार सामग्री, रोटी फलफूल दान दिने गरिन्छ ।

सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ।यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ र यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal