आज :

प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल र संयुक्त राष्ट्र संघीय विपद व्यवस्थापन वीच अन्तरक्रिया सम्पन्न

  • अनलाइन डबली

काठमाडौँ ।  नेपालको सवै सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको सँस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल ९एब्ल्० विद्यालयहरु बिच निरन्तर सिकाई ,सहकार्य, प्रभावकारी नेतृत्व ,वकालत र शैक्षिक उत्कृष्टतालाई बढावा दिने उद्देश्यका साथ देशै भरिका तीस हजार भन्दा वढि सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको गैर राजनीतिक र गैर नाफामुलक संस्थाले मितिः २०८० फागुन २७ गते आइतबार देशका विभिन्न जिल्लाका तीस भन्दा बढी प्रधानाध्यापकहरुको उपस्तिथिमा ग्ल्म्च्च् र ध्भबच्भ्े टोली सहित  विद्यालयको सर्वाङगिण विकासका लागि  भव्य  छलफल कार्यक्रम शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय ठहिटि काठ्माण्डोैँमा सम्पन्न गरेको छ ।

प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिहरु काठ्माण्डौँ महानगरपालिकाका नगर योजना आयोगका सदस्य ई. शैलेन्द्र झाले काठमाडौं महानगरबाट सञ्चालित शिक्षा सम्बन्धी कार्यक्रम तथा भावी योजना प्रस्तुत गर्दै परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढिरहेको बताउनु भएको थियो । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रको विकास र उन्नयनको लागि गरेका गौरवका परियोजना, स्वर्णीम योजना, बुक फ्रि फ्राइडे तथा अन्य समसामयिक विषयहरु बारे प्रस्तुति गर्नुभएको थियो ।
ध्भबच्भ का कार्यक्रम निर्देशक ग्यारी डेला पोलमिराई, गणतन्त्र कोरिया, ईन्चोन महानगरपालिका प्रशासनिक अधिकारी सियोङमी डो, बुईन आधारभुत विद्यालयका प्रधानाध्यापक ह्युनगुन किम लगायत उहाँका टिमले विद्यालयलाई विपतबाट कसरी बचाउने र ग्रीन स्कुल र सेफेटि स्कुल बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

सो अन्तरक्रियामा युएनडिआरआर ओनिय एण्ड गेटीका एडमिनिष्ट्रेटिभ एसिस्टेण्ट  हि दोङ्ग सिनले विपद व्यवस्थापनमा क्षमता विका देखि कार्यक्रम कार्यान्वयनका वारेमा जानकारी गर्नुभएको थियो । प्रोग्राम म्यानेजमेन्ट अफिसर युएनडिआरआर ओनिय एण्ड गेटीका प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभा ले युएनडिआरआरको परिचय, क्षमता अभिवृद्धि कार्यक्रम तथा कोरियाका विद्यालयमा विपद्का कक्षा तथा गतिविधीहरु के कसरी सञ्चालन हुन्छन् भनि प्रस्तुतीकरण गर्नुभयो । एमओआइएस का निर्देशक श्री ह्युनजुन जङ्गले विपद व्यवस्थापन को आवश्यकता र महत्व तथा फाइदाका वारेमा स्पष्ट पार्नुभयो । कोरियाका करिम इलेमेन्टरी स्कुलका प्रधानाध्यापक श्री ह्युनगुन किमले शिक्षक तथा विद्यार्थीहरुका अनुभवका बारेमा बताउनुभयो । वेयर संस्थाका प्रोग्राम डाइरेक्टर श्री गेयारी डे ला पोमेरोइले वेयर तथा कार्यशालाले गरेका कृयाकलाप तथा गतिविधीका वारेमा स्पष्ट पार्नुभयो । अन्तरक्रियामा बोल्दै युएनएफआरआरकी प्रोग्राम म्यानेजमेन्ट अफिसर दारिया मोख्नाचेभाले भविश्यमा प्यान नेपालसँग सहकार्य गरेर विद्यालय शिक्षामा प्रकोप तथा शैक्षिक कार्यक्रममा सहयोग गर्ने बताउनु भएको थियो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्य  ज्ञानु खड्का, शान्ति शिक्षा मन्दिर मावि, ठहिटीका वि.व्य.स. अध्यक्ष नारायण दास मानन्धरको पनि उपस्थिति रहेको थियो । ध्भबच्भ का अध्यक्ष राम प्रसाद सुबेदी, सदस्य मेरिना लामा, कार्यशाला संस्थाका पुजा खनाल र उज्वल श्रेष्ठ लगायत विशेष अतिथिहरुको उपस्तिथि रहेको थियो । सो कार्यक्रममा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल ९एब्ल्० का बोर्ड सदस्य बेग बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने शितला माध्यमिक विद्यालय, बालाजुका प्रधानाध्यापक तथा प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल ९एब्ल्० का महासचिव लक्ष्मण श्रेष्ठले संस्थाको लक्ष्य ,उद्देश्य र योजना तथा भावि कार्यक्रमका बारेमा प्रस्तुति दिनुभएको थियो । महासचिव श्रेष्ठले प्रिन्सिपल्स एसोसियसन्स अफ नेपाल नेपालका प्रधानाध्यापकहरूलाई एक ठाउँमा जोड्ने, एकापसको अनुभव आदान प्रदान गर्ने, बिभिन्न शैक्षिक गतिविधीहरूमा एकाकार भएर लाग्ने, प्रधानाध्यापक शिक्षक तथा विद्यालयको क्षमता विकासका कार्यक्रमहरु गर्ने, नेतृत्व विकास, समन्वय तथा सहकार्यलाई वढावा दिने, शिक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू गर्ने सेवा भावले स्थापना भएको नाफा नकमाउने र विशुद्घ गैरराजनितिक संस्थाको रूपमा समाज कल्याण परिषद्मा दर्ता गरी कानुनी रुपमा स्थापित संस्था भएको जानकारी दिनुभएको थियो । अन्तमा सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो र धन्यवाद संस्थाका अध्यक्ष सुदाम गौतमले दिनुभएको थियो । उक्त कार्यक्रम सोफिया महर्जनले सञ्चालन गरेकी थिईन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal