आज :

१९ वर्षीय विद्यार्थीले छुरा प्रहार गरेर ६ जना रुममेटको हत्या

  • अनलाइन डबली

काठमाडौं । क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ । राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीले आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन् । हत्या गर्ने १९ बर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ ।

ओटावाका प्रहरी प्रमुख एरिक स्टब्सले फाब्रिसियो डे-जोयसा भनेर चिनिने अभियुक्तले मानिसलाई धारिलो हतियारले आक्रमण गरेको बताए । उनीमाथि छ वटा फर्स्ट डिग्री हत्या र एक हत्या प्रयासको आरोप लगाइएको छ ।

मृतकहरू हालै क्यानडा आएका श्रीलंकाली नागरिक रहेको बताए । जसमा ३५ वर्षीया आमा, सात वर्षीय छोरा, चार वर्षीया छोरी, दुई वर्षीया छोरी र साढे दुई महिनाकी छोरी रहेका छन् ।

साथै परिवारका आफन्त अर्का ४० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । के कारणले ती विद्यार्थीले हत्या गरे भन्ने खुलेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal