
काठमाडौं । आज ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
श्रमिक महिला मुक्ति आन्दोलनकी नेतृ क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको हो ।
मुक्ति र अधिकारको लागि श्रमिक महिला दिवस मनाउन सुरु गरिएपनि आआफ्नो विशेषतामा महिलाहरुले मनाउँदै आएका छन् । पछिल्ला दिनहरुमा एनजिओ र आईएनजिओहरु श्रमिक महिला दिवसलाई फेसको रुपमा लिएका कारण महत्व घट्दै गएको बताइन्छ ।
आज नेपाली महिलाको हक अधिकारको लागि लडेका महिला संघ संगठनको अगुवाईमा विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् ।
यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ । दिवसका सन्दर्भमा नेपालमा पनि विभिन्न महिलावादी संघसंस्था र महिला अधिकारकर्मीहरूले मनाउँदैछन् ।