आज :

दि ओरिएण्टल इंन्स्योरेन्स कम्पनी द्वारा जाजरकोट भूकम्प पिडितका लागि २० लाख रुपैया आर्थिक सहयोग

  • अनलाइन डबली

काठमाडौँ  । दि ओरिएण्टल इंन्स्योरेन्स कम्पनी लिमिटेडले जाजरकोट भूकम्प पिडितको लागि २० लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कम्पनीले भूकम्प पिडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा स्कुले बिधाार्थीका लागि उक्त रकम समता शैक्षिक गुठीलाइ प्रदान गरिएको हो ।

आज आयोजित एककार्यक्रम बीच कम्पनीको केन्द्रिय कार्यालय नयां दिल्ली भारतवाट पाल्नु भएका कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक आर .आर.सिंह तथा भम्रण टोलीमा संलग्न महाप्रवन्ध रेखा मोहन्ती ठाकुर र कम्पनीका नेपाल स्थित कार्यालयका प्रमूख कार्यकारी अधिकृत टी. चक्रवर्तीले उक्त रकम बराबरका चेक गुठीलाइ हस्तान्तरण गर्नू भयो ।

नेपाल स्थित कार्यालयको भ्रमण रहेका कम्पनीको अध्यक्ष तथा प्रवन्ध निर्देशक लगायत उच्च पदस्त पदाधिकारीहरु सम्मिलित भ्रमणको मुख्य उद्धेश्य नेपालमा बीमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको छ । भ्रमणका क्रममा अध्यक्ष तथा प्रवन्ध निर्देशक आर. आर. सिंहबाट कम्पनीद्धारा बजारमा ल्याइएको यूवा लक्षित नयां बिमालेख ‘” ओरिएन्तल युथ इको क्यर पोलिसी ” को बिक्री शूभारम्भ पनि गर्नू भयो ।

दि ओरिएण्टल इंन्स्योरेन्स कम्पनी लिमिटेड, नयां दिल्लीको शाखा कार्यालयको रुपमा नेपालमा बि.स. २०२४ मा स्थापना भएको हो। कम्पनीले नेपालमा शाखा बिस्तार गरे देखि स्थानिय आवश्यकता अनुसार सम्पत्ती, मोटर, मेरिन, इन्जिनियरीड., ब्यक्तिगत दुर्घटना, स्वास्थ्य बीमा लगायत ठुलाठुला उद्योग, कलकारखाना पुल, जलविद्युत जस्ता संरचनाको प्रत्यक्ष बीमा गर्ने तथा नेपाल स्थित स्थानिय बीमा कम्पनीहरुसंग पूनर्बीमामा समेत सहकार्य गर्दै आइरहेको कम्पनिले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal