आज :

गजुरी बस दुर्घटना अपडेट : एक महिलासहित ७ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

  • अनलाइन डबली

काठमाडौं । कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–५, घाटबेँसीमा त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वी राजमार्गको घाटबेँसी भन्ने ठाउँबाट विहान पौने पाँच बजे नदीमा खसेको थियो । बसमा ५१ जनाभन्दा बढी यात्रु सवार थिए ।

उनीहरुमध्ये ७ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ३७ जनाको उद्धार गरिएको छ भने अझै खोजी कार्य चलिरहेको छ ।

उद्दार गरिएकामध्ये ३० जनाभन्दा बढी घाइते छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार कार्य जारी छ । बस नदीमा डुबेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । दुर्घटनामा सामान्य घाइते चालक भने प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal