आज :

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्डस्लाई

  • अनलाइन डबली

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपाल पछि परेको छ । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्डस्ले ३ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

फाइनल खेलमा नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिएपनि नेपाललाई उपाधि दिलाउन त्यो पर्याप्त भएन ।

मल्लले सुरुमा लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिन सफल भएका थिए ।

ओपनर द्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौं ओभरमा पुगेर तोडे ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्का म्याक्सो डाउटलाई नवौं ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए ।   २३ बलको सामना गरेका डाउटले २२ रन जोडे ।

यस्तै,सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए । २९ बलमा लेभिटले  ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए ।

यस्तै, पन्धौं ओभरको दोस्रो बलमा अविनाश बोहराले कुशल मल्लको हातबाट विक्रमजित सिंहलाई क्याच आउट गराए । २३ बलको सामना गरेका सिंहले व्यत्तिगत २९ रन जोडे । यस्तै, १६ औं ओभरको पहिलो बलमै दिपेन्द्र सिंह ऐरिले क्याप्टेन स्कट एडवार्डलाई २ रनमै आउट गराए । अठारौं ओभरको पहिलो बलमै कुशल मल्लले अर्को महत्वपूर्ण विकेटका रुपमा एङ्गलव्रिचलाई ४८ रनमा आउट गराए । उनैले दोस्रो बलमै तेजा निदामन्दरुलाई २ रनमै सन्दिप जोराको हाटबाट क्याच आउट गराए ।

टस जितेर पहिला व्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गर्दा ३७ अर्का व्याट्सम्यान गुल्सन झाले ३४ रन जोडेका थिए । यस्तै, १९ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले २५ रन जोडेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal