आज :

झापा गोल्ड कप: उद्घाटन खेलमा एपीएफ विजयी

  • अनलाइन डबली

झापा । टाइब्रेकरमा भाग्यमानी साबित हुँदै एपीएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ ।

संकटा क्लब काठमाडौंलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

एपीएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदीप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो ।

संकटाका अजित लामाको प्रहार बिपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्कियो ।

खेलको चौथो मिनेटमै एपीएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औं मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोलरक्षकले विफल बनाए । २४ औं मिनेटमा कुलदीप कार्कीको पासमा गोलपोष्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो ।

५५ औं मिनेटमा एपीएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कडा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औं मिनेटमा एपीएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो । अतिरिक्त समयमा दीपेश धिमालले मैदानको मध्यभागबाट गरेको कडा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बचाए । खेल अवधिभर थुप्रै अवसर बनाएको एपीएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपीएफका गोलरक्षकले बचाए ।

खेलको म्यान अफ द म्याच एपीएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

प्रतियोगिताको विजेताले नगद १३ लाख, उपविजेताले ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । आइतबारको खेल नेपाल पुलिस क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडांैबीच हुने तालिका छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल  फागुन २८ गते हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal