काठमाडौँ । अर्थमन्त्री डा .प्रकाशशरण महतले लघुवित्तको दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याइने बताएका छन्। लघुवित्त र मिटरव्याज पीडितहरूले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत् नियमन गरिने भन्दै लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको र दुरुपयोग गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याइने बताएका हुन्।
संसदभित्र र संसद बाहिर पनि लघुवित्त पीडितको मागप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने विकल्पमा सरकार गम्भीर रहेको बताए।


अनलाइन डबली


