आज :

लघुवित्त र सहकारी पीडितहरु नारा लगाउँदै संसद भवनभित्र पसेपछि

  • अनलाइन डबली

काठमाडौँ । देशभरबाट हिडेर काठमाडौँ पुगेका लघुवित्त तथा सहकारी पीडितहरु संसद भवन भित्रै पसेका छन् । संसद चलिरहेको बेला आन्दोनकारीहरु निषेधित क्षेत्र तोडेर सोमबार संसद् भवनको मुख्य ढोकासम्म पुगेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नाराबाजीसहित गेटका सुरक्षाकर्मीलाई धकेल्दै पीडितहरु संसद् भवनको परिसर प्रवेश गरेका थिए ।

लघुवित्तका ऋणीहरू संसद् भवनभित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका हुन् । पीडितहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि पनि प्रदर्शन गरेका थिए ।

संसद भवनभित्र प्रवेश गरेका पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५० जना जति आन्दोलनकारीहरुलाई पक्राउ गरेर बाहिर निकालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal