आज :

डब्ल्यूपीएलमा मुम्बईको लगातार जित

  • अनलाइन डबली

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल) को डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो जित निकालकेको छ ।

पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई हराएको मुम्बई इन्डियन्सले आफ्नो दोस्रो खेलमा आइतबार राति गुजरात जाइन्ट्सलाई ५ विकेटले पराजित गर्यो । मुम्बईको जितमा कप्तान हरमनप्रीत कौर र न्यूजिल्याण्डकी युवा अलराउन्डर अमेलिया केरले उत्कृष्ट योगदान गरे । पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन बनाएको थियो । १२७ रनको लक्ष्यको जवाफमा मुम्बईले ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

मुम्बई इन्डियन्सकी कप्तान हरमनप्रीत कौरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् । फास्ट बलर शबनम इस्माइलको घातक बलिङका अगाडि गुजरातको शीर्ष क्रम ध्वस्त भएको थियो । शबनमले पहिला वेदा कृष्णमूर्तिलाई शून्य र हरलिन देओललाई ८ रनमा पभेलियन पठाएकी थिइन् । त्यसपछि नेट सिभर ब्रन्टले फोबी लिचफिल्डलाई ८ रनमा र हेली म्याथ्युजले हेमलतालाई ३ रनमा आउट गरिन् ।

पाँचौं विकेटका रूपमा इस्माइलले कप्तान बेथ मुनीलाई २४ रनमा आउट गराइन् ।  अन्त्यमा क्याथरिन बुरिसको २५ रन र तनुजा कन्वरको २८ रनले गर्दा गुजरातले मुम्बईलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । मुम्बईका लागि मेलिया केरले सर्वाधिक ४ विकेट लिइन् भने शबनमले ३ विकेट हात पारिन् ।

१२७ रनको लक्ष्यको जवाफमा मुम्बईको सुरुवात पनि खराब रहेको थियो । पछिल्लो खेलमा अर्धशतक प्रहार गर्ने यास्तिका भाटिया ७ रन बनाएर आउट भएकी थिइन् भने हेली म्याथ्युजले पनि ७ रन मात्र बनाइन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नेट सिभर ब्रन्ट २२ रन बनाएर रनआउट हुँदा  कप्तान हरमनप्रीत कौर एक छेउमा अडिग रहिन् र मेलिया केरसँग ६६ रनको महत्वपूर्ण साझेदारी गरिन् । मेलिया केरले ३१ रनको योगदान दिएकी थिइन् । हरमनप्रीत कौरले छक्का प्रहार गर्दै खेलको अन्त्य गरिन् र ४६ रनमा नटआउट रहिन् । गुजरातका लागि तनुजा कन्वरले सर्वाधिक २ विकेट लिइन् ।

डब्ल्यूपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र युपी वारियर्सबीच प्रतिस्पर्धा हुने छ । दुवै टिम पहिलो जितको खोजिमा हुने छन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal