आज :

आजदेखि चैत्र ७ गतेसम्म ७५ जिल्लामा दादुरा-रुबेलाविरुद्धको खोप अ‍भियान सुरु

  • अनलाइन डबली

काठमाडौं । आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । सरकारले देशका ७५ वटा जिल्लामा खोप अभियान सुरु गर्न लागेको हो । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेको छ ।

अभियान आउँदो चैत ७ गतेसम्म सञ्चालन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अभियानको क्रममा काठमाडौंमा सबैभन्दा धेरै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बताइएको छ । त्यसको लागि १ हजार ६ सय ७० खोप केन्द्रबाट खोप स्थापना गरिएको छ । ती केन्द्रमा बालबालिकालाई लिएर खोप लगाउन सकिने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गएको वर्ष काठमाडौँमा दादुरा–रुवेला फैलिँदा २ सय २५ जना सङ्क्रमित र १ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal