आज :

आइसीसी विश्वकप लिग टू : आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरुहुने छ ।

नामिबिया पनि सहभागि यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जीतको नतिजा निकालेको थियो ।

जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने पराजित गरेको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरु खेलमा भने पराजित भएको थियो ।

आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजिमा हुने छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन् । जसमा दुवै टिमले समान दुई ÷दुई जित निकालेका छन् ।

४ वर्षसम्म ८ टिमले लिग टूमा प्रतिस्पर्धा गर्ने र शीर्ष चार टिमले विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान पक्का गर्ने छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal