आज :

बौध धर्मावलम्बीहरु आज आयुसंस्कार परित्याग अथवा महापरिनिर्वाण दिवस मनाउदै

  • अनलाइन डबली

काठमाडौँ  । शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म , सम्बोधिलाभ तथा महापरिनिर्वाण दिवस वियोग परेको दिन आज आयुसंस्कार परित्याग गर्ने अथवा महापरिनिर्वाण दिवस मनाएका छन् । यसै अवसरमा श्रीखण्ड तरुमुल महाविहार अन्तरगत आयुसंस्कार परित्याग दिवस समारोह समितिको आयोजनामा  शोभा यात्रा निकालिएको छ ।

भगवान् बुद्धले आफु निर्वाण हुने वैशाख पूर्णिमाको दिन आफूले आयुसंस्कार परित्याग गर्ने अथवा महापरिनिर्वाण हुने घोषणा गरेको कारण समस्त बौद्ध जगतले आज माघ पुर्णिमालाइ  आयुसंस्कारपरित्यागदिवसको रूपमा मनाउँदै आएको छ ।

जगतका गुरु सर्वाथसिद्ध गौतम बुद्धको जन्म ( नेपाल ) मा जन्म भएको थियो । उहाँले २ ९ वर्षको उमेरमा वर्षको उमेरमा वैशाखपूर्णिमाको रातमा बोधिज्ञान लाभ गर्नुभएका उहाँ भगवान् प्रसिद्ध हुनुभयो । यसपछि ४५ वर्षसम्म सुखपूर्वक जीवनयापन गरी सारा संसारलाई दुःखबाट मुक्त हुने ज्ञानप्रवाह गरेर ८० वर्षको उमेरमा वैशाखपूर्णिमाकै दिन सहज मृत्युवरण अर्थात् महापरिनिर्वाण हुनुभएको थियो । भूत , वर्तमान र भविष्य तीनै कालका ज्ञाता हुनुभएका उहाँले आफ्नो मृत्यु हुनुभन्दा ३ महिना अघि माघ पूर्णिमा ( सिल्लापुन्हि ) को दिन नै आफ्नो महापरिनिर्वाणको मिति बताउनुभएको थियो । उहाँले आफ्नो भविष्यवाणीअनुसार नै ३ महिनापछि वैशाख पूर्णिमाको दिन महापरिनिर्वाण प्राप्त गर्नुभएको थियो । भगवान् बुद्धले आफ्नो मृत्यु हुने दिन घोषणा गरेको दिनलाई समस्त बौद्धजगतले आयुसंस्कारपरित्यागको दिन मानी उत्सवको रूपमा मनाउँदै आएको छ । संसारका समस्त प्राणी एकै हुन् , एक आपसमा दुःख एवं घात हुने कुनै पनि कार्य कुनै पनि तरहबाट गर्नु हुँदैन भन्ने बुद्धको मूल शिक्षा रहीआएको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal