आज :

विद्युत उत्पादन र व्यापारमा सरकारको प्रोत्साहन

  • अनलाइन डबली

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले सरकारले विद्युत उत्पादन, प्रसारण, वितरण र व्यापारमा लगानी गर्न प्रोत्साहन गरिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित समृद्धिका लागि ऊर्जा संक्रमण सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै मन्त्री बस्नेतले स्वच्छ ऊर्जा स्रोतको उपयोगको महत्वलाई बुझेर स्वच्छ ऊर्जा उत्पादनका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय सार्वजनिक तथा निजी वित्त परिचालन गर्नुपर्ने आवश्यका आधारमा काम गरिरहेको बताएका हुन् ।

उनले भने,‘बढ्दो आन्तरिक र क्षेत्रीय मागहरू पूरा गर्न यो प्रयास आवश्यक छ । स्वच्छ ऊर्जा स्रोतको उपयोगको महत्वलाई बुझेर हामीले स्वच्छ ऊर्जा उत्पादन, प्रसारण, वितरण र व्यापारका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय सार्वजनिक तथा निजी वित्त परिचालन गर्नुपर्ने आवश्यकतालाई बुझेका छौं । दिगो र जलवायु लचिलो ऊर्जा पूर्वाधारहरूको विकासमा प्रतिवद्ध छौं ।’

नवीकरणीय ऊर्जा विकासका लागि सरकार रणनीतिक दिशामा ध्यान केन्द्रित गरिरहेको बताउँदै उनले निजी क्षेत्रको लगानी आकर्षित गर्न र दिगो ऊर्जा विकासको लागि अनुकूल वातावरण सिर्जना गर्न ऊर्जा नीतिमा सुधार गर्दै आएको बताए ।

उर्जामार्फत आर्थिक समृद्धिका लागि रणनीतिक सहकार्यता आजको आवश्यकता भएको मन्त्री बस्नेतको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal