आज :

आइसीसी विश्वकप: नामिबिया र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै

  • अनलाइन डबली

काठमाडौं । आइसीसी विश्व कप लिग टू क्रिकेटमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै छन् ।

नामिबिया र नेदरल्याण्ड्सबीचको खेल आज बिहान साढे ९ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुुरुहुने छ । तर, काठमाडौंमा बिहीबार अपरान्ह पानी परेकाले खेल ढिला गरी सुरु हुन सक्ने सम्भावना रहेको छ ।

लिग २ मा नामिबिया नेदरल्याण्ड्ससँग पहिलो खेलमा पराजित भएको थियो भने नेपालविरुद्ध भने दुवै खेल जित्दै शीर्ष स्थानमा रहेको छ ।

नेदरल्याण्ड्स नेपालसँग पराजित भएको थियो भने नामिबियालाई पराजित गरेको थियो ।

विश्वकप लिग टूमा ८ टिमले प्रतिस्पर्धा गरेका छन् । जसको शीर्ष चारमा पर्ने टिमले विश्वकपको ग्लोबल क्वालीफायरमा प्रतिस्पर्धा गर्ने छन् ।

आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । आजको खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal