आज :

दूरसंचार प्राधिकरणको अध्यक्षमा भण्डारी, रजगज गुम्ने भएपछि माफिया र भ्रष्ट प्रशासकको छटपटी

  • अनलाइन डबली

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीले नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गरेको हो ।

प्राधिकरणको रिक्त अध्यक्षको लागि खुला गरेको दरखास्तमा भण्डारीसहित २५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरुमध्ये सम्बन्धित क्षेत्रमा अनुभवको हिसाबले भण्डारीले सबैभन्दा अब्बल पात्र हुन् ।

लामो समयदेखि टेलिकममा काम गरेको र नेपालको टेलिकम क्षेत्रलाई सरकारको नियन्त्रणभन्दा कसरी बाहिर जान नदिने भन्ने राम्रो जानकारी राख्ने भण्डरी यसअघि संचार तथा सूचना प्रविधिमन्त्रीको रेखा शर्माको सल्लाहकारको रुपमा थिए । मन्त्रालयको प्रस्तावमा दाङ निवासी भण्डारीलाई २०८० असार ५ गतेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।

मन्त्रीको सल्लाहकार नियुक्त भएपछि भण्डारीले टेलिकम तथा सूचना प्रविधिमा माफिया र भ्रष्ट प्रशासकको रजगज तोड्दै सरकारको नियन्त्रण ल्याउन महत्वपूर्ण काम भएका छन् ।

टेरामक्सदेखि, एनसेल, स्मार्ट हुँदै यूटिएलको फैसलासम्म आउँदा यो क्षेत्र माफियाको नियन्त्रणबाट खोसिन पुगेको छ । यसमा भण्डारीको महत्वपूर्ण भूमिका रहेको मन्त्रालय स्रोत बताउँछ ।

प्रधानमन्त्री प्रचण्ड र मन्त्री रेखा शर्माको टेलिकम क्षेत्रको अराजकता रोक्ने अभियानमा साथ दिएपछि माफियाहरुले भण्डारीविरुद्ध मिडियाबाजी सुरु गरेका थिए । माफियाहरुले भण्डारीलाई एनसेल, टेरामक्स, स्मार्ट, यूटिएल प्रकरणमा सरकारलाई कमजोर पार्न विभिन्न प्रलोभन नदेखाएका होइनन् । तर, भण्डारीले त्यसमा तयार नभएपछि उनिमाथि प्रश्न उठाउन थालिएको थियो ।

टेरामक्सलगायत प्रकरणमा आफूले सोचेजस्तो नभएपछि तत्कालिन अध्यक्ष पुरुषोतम खनालले राजिनामा दिएका थिए । प्राधिकरणको रिक्त अध्यक्षको लागि मन्त्रालयले २०८० माघ १४ गते आवेदन खुला गर्याे । त्यसमा भण्डारी आवेदन दिएपछि माफियाहरु रोक्न कम्मर कसेर लागेका थिए ।

मन्त्रालयले पुरानै मापदण्ड र स्वघोषणा अनुसार नै आवेदन खुला गरेको थियो तर, भण्डारीलाई ल्याउने गरी मापदण्ड बनाइयो भन्दै मिडियाबाजी गरियो । जसबकी यसअघिको सूचना र अहिलेको सूचनाको मापदण्डमा कुनै हेरफेर गरिएको थिएन ।

यसअघि २०७५ भदौ २ गते अध्यक्षको लागि दरखास्त आह्वान हुँदा समेत भण्डारी प्रतिस्पर्धामा उत्रिएका थिए । त्यतिबेला पनि उनको अध्ययन र अनुभव मिलेको थियो र अहिले पनि । त्यतिबेला पनि भण्डारी अब्बल उम्मेदवार नै थिए तर मन्त्रीले आफू अनुकुल निर्णय गर्दा उनी बाहिरिए ।

भण्डारीलाई प्राधिकरणको नेतृत्वमा जान रोक्न लागेका टेलिकम माफिया र भ्रष्ट प्रशासकहरु असफल भएपछि उनलाई विवादित बनाउन मिडियाबाजी गरिरहेका छन् । उनीहरु आफ्नो मनपरी नचल्ने भएको हुँदा छटपटिरहेका छन् । लामो समयसम्म प्राधिकरणको नेतृत्वमा बसेर सरकार र नागरिकभन्दा माफियालाई फाइदा पुग्ने गरी काम गरेकाहरु मिडियाबाजीमा उत्रेका छन् । उनीहरु आफ्नो भ्रष्टाचारको फाइद थप खुल्ने र रजगज गुम्ने भएपछि उनीहरुको छटपटिएका छन् ।

सल्लाहकार हुँदा निस्वार्थका साथ सरकारको उद्देश्यअनुसार सल्लाह सुझाव र सहयोग गरेजस्तै गरी भण्डारीले प्राधिकरणको नेतृत्व गरेभने सरकार र नागरिकको पहुँचभन्दा बाहिर जान लागेको टेलिकम र संचार तथा प्रविधि क्षेत्र लयमा फर्किने विश्वास गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal