आज :

बालकुमारी घटनामा संलग्न भएको भन्दै मन्त्री प्रकाश ज्वालालाई बर्खास्त संसदमा माग

  • अनलाइन डबली

काठमाडौं । विपक्षी दलहरुले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई अविलम्व बर्खास्त गर्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठलाई अविलम्व बर्खास्त गर्न माग गरेको हुन् ।

बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वाला र श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग गरेका हुन् । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भनदै प्रश्न गरे ।

त्यसैगरी संसदमा बोल्दै रवि लामिछानेले पनि मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

एमाले सचेतक महेश बर्तौलाले स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहन बहादुर बस्नेत र सुदन किरातीको पनि राजीनामा माग गरे ।

टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका पूर्वसञ्चारमन्त्री तथा वर्तमान स्वास्थ्यमन्त्री बस्नेतलाई र रामग्राम क्षेत्रमा निजी क्षेत्रलाई दिने प्रपन्चमा लागेका पर्यटनमन्त्री किरातीलाई पनि राजीनामा गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal