आज :

नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटले विजयी, अनिल र आसिफको अर्धसतक

  • अनलाइन डबली

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले  नेदरल्याण्ड्समाथि नेपाल ९ विकेटको जित निकालेको छ ।

टीयू क्रिकेट मैदानमा नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिलले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रनमा समेटिएको थियो ।

नेदरल्यान्डका कप्तान स्कट एडवार्डसले सर्वाधिक ३३, साइब्रान्ड एंगलब्रेक्ट २३, म्याक्स ओ’डाउड १०, बास डे लिड २७, नोआह क्रोस १२, आर्यन दत्त र माइकल लेभिट शून्य रनमा आउट भएका थिए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४, ललिल राजवंशीले २, सोमपाल कामी र कप्तान रोहित पौडेलले एकएक विकेट लिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal