आज :

नेपालको अगाडि नेदरल्यान्ड्सको कमजोर ब्याटिङ, १३७ रनमै सिमित

  • अनलाइन डबली

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले जितका लागि १३८ रनको लक्ष्य पाएको छ ।

नेपालका लागि बलिङ कुशल भुर्तेल चम्किएपछि नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

टीयू क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको हो ।

उसका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए । कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे ।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal