आज :

प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता आजदेखि

  • अनलाइन डबली

विराटनगर । इलाममा प्रथम ओएसिस महिला फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ । अपराह्न १ बजे सुरु हुने उद्घाटन खेलमा आयोजक क्लब ओएसिस र भारत, दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजै हुने दोस्रो खेलमा पाँचथर र इलामको दीपेन्द्र शिखरले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड र भारतको पटना सिटीको पनि सहभागिता हुनेछ ।

प्रतियोगिताअन्तर्गत फागुन ७ गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal