आज :

कर्णालीमा बेटी सम्मेलन: मुख्यमन्त्री शर्माले भने- सिंहदरबारले दिने सेवा गाउँमै

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले व्यवस्था बद्लिएसँगै सिंहदरबारको पर्खालभित्र हुने काम गाउँमा पुगेको बताएका छन् । मूलधार महिला सेवा केन्द्र (मासबेस उदयपुर) द्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘छैटौं ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले केन्द्रले राष्ट्रियस्तरको बेटी सम्मेलन कर्णालीमा गर्नुले महिला आन्दोलनमा सहयोग पुगेको बताए ।

‘हिजोको आन्दोलनमा महिलाहरुको भूमिका धेरै रहेको थियो,’ उनले भने, ‘अब आम जनतामा जागरण पैदा गर्न आवश्यक छ, जहाँ महिलाहरुले पनि विभिन्न आन्दोलनको नेतृत्व गरिरहेका छन् ।’

दश वर्षे सशस्त्र संघर्ष र विसं.२०६१÷०६२ को जनआन्दोलनपछि मुलुकमा ठूलो परिवर्तन आएको बताउँदै मुख्यमन्त्री शर्माले उत्पीडित जाति, वर्ग र धर्मका मान्छेहरुले मुक्ति नपाउँदासम्म आन्दोलन जारी रहने यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए ।

संघर्ष, त्याग र बलिदानभित्र संघर्ष लुकेको जनाउँदै आर्थिक, सामाजिक, साँस्कृतिक परिवेश अनुसार परिवर्तन खोज्नुपर्ने र त्यसका लागि उत्पीडितहरु एक हुुनुपर्ने उनको भनाइ थियो । केन्द्रका अध्यक्ष नजबुल खानले नेपालका विभिन्न प्रदेश गरी पाँचौ र अहिले कर्णालीमा छैटौं बेटी सम्मेलन गरिएको बताए । बेटीहरुको सामाजिक, साँस्कृतिक अवस्थाबारे राज्यलाई सहजै बुझाउन र उनीहरुको अधिकार सुनिश्चत गराउन सम्मेलन थालिएको बताए ।

उपप्रध्यापक डा.लक्ष्मी जोशीले राष्ट्रियस्तरको बेटी सम्मेलनले अहिलेसम्म जकडिएको पितृसतात्मक सोचलाई चिर्नु आवश्यक रहेको टिप्पणी गरिन् । बेटीहरुमा आएका समस्याहरुको दीर्घकालीन सम्बोधन गर्न कार्यक्रम अभियानका रुपमा अगाडि बढाउन उनको सुझाव छ । सम्मेलनमा कर्णाली प्रदेशका दशै जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal