आज :

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाली टिम विजयी

  • अनलाइन डबली

काठमाडौं । चिनियाँ नयाँ वर्षका अवसरमा आयोजित चीन–नेपाल मैत्रीपूर्ण फुटबलमा नेपालले जितेको छ । दशरथ रंगशालामा शनिबार नेपाली टिमले ५–१ गोलको फराकिलो अन्तरले जित हात पारेको हो ।

नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीचको खेलको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलमा जुनसुकै टिमको जितहार भए पनि नेपाल–चीन बीचको सम्बन्न्धले जित्ने बताए ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने क्रममा नयाँ वर्षका अवसरमा फुटबल आयोजना गरिएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । काठमाडौंस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा खेल भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal