
काठमाडौँ । युवा बौद्ध संघ र पाकिस्तान दूतावासले “पाकिस्तानमा बौद्ध सम्पदा ” सम्बन्धि ( श्रब्य द्रश्य ) कार्यक्रम सम्पन्न गरेको छ। बौद्ध राहत केन्द्र भवन हलमा आज आयोजित कार्यक्रममा पाकिस्तानका राजदूत अबरार एच हाश्मीले कार्यक्रममा सहभागी हुन भयो । उनले नेपाल र पाकिस्तानका जनताबीचको सम्बन्धलाई जोड्न पाकिस्तानका बौद्ध सम्पदाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।
युनेस्कोको साथमा पाकिस्तान पुरातत्व विभागले बौद्ध स्थलहरूको सम्वर्धन र व्यावसायिक रूपमा संरक्षण गरिरहेको छ। विशेषगरी पाकिस्तानको तक्षशिला, चकदारा, मिङगोरा र पेशावर क्षेत्रमा बौद्ध धार्मिक स्थलहरू रहेकोले पाकिस्तानमा बौद्ध धार्मिक पर्यटनको अपार सम्भावना रहेको उहाले बताउनु भयो । यसैबीच, अन्य सहभागी र अनुसन्धानकर्ताहरूले पाकिस्तानमा रहेका बौद्ध सम्पदा स्थलहरूको महत्त्वलाई स्वीकार गर्दै विशेषगरी नेपालका टुर अपरेटरहरूले बौद्ध धार्मिक पर्यटन प्याकेजहरूमा यी स्थलहरूको भ्रमणलाई स्थायी रूपमा समावेश गर्न बारे कार्येक्रममा सहभागीले बिचार प्रस्तुत पारे ।