
काठमाडौँ महानगरपालिका २२ वडाले न्युरोड क्षेत्रमा नि:शुल्क ब्यबस्थित पार्किन्ग जरुरी रहेको बताएका छन्। वडा अध्क्षय् चिनिकाजी महर्जनले बुधबार पत्रकारहरुसंगको कुराकानीमा स्थानीय तथा ब्यबसायीहरुको हितका लागि यस क्षेत्रमा ब्यबस्थित नि:शुल्क पार्किंग हुन जरुरि रहेको बताएका हुन्।
वडा अध्क्षय् महर्जनले यस क्षेत्रका व्यापारीले महानगरलाइ तिर्दै आएको ब्यबसायी करको बदलामा पुरस्कृत गर्नुको साटो ब्यबसायी नै पलाएन हुन् बाध्य हुने गरि पार्किंग निषेध गरेको आरोप् लगाए। वडा अध्क्ष्य महर्जनले भने ‘ स्थानीय वडा संग समन्वय नै नगरी मेयर बालेंले एकतर्फी ढंग बात पार्किंग निषेधको निर्णयले महानगर केन्द्र संग सम्बन्धमा दुरू बनाएको छ। महानगरको यो निर्णयले स्थानीयको आवाजलाई अवहेलना गरेको छ। विश्वमा ठुला शहरमा समेत सडक छेउमा ब्यबस्थित निशुल्क पार्किन्गको अभ्यास छ। देशकै ब्यारिक केन्द्र रहेको यस व्यापारिक क्षेत्रको भूगोल ,गुण , चरित्रको अध्यन बिनाको यो निर्णयले हामि स्थानीय जनप्रतिनिधि प्रति मेयर बालेंनले बेवास्ता गरेको हाम्रो बुझाइ रहेको छ। ’
काठमाडौं महानगरपालिकाले गत माघ ९ गते बात न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो ।
महाभूकम्प र कोविडले थालिएको ब्यबसाय बिस्तारै उठ्दै गर्दा पार्किंग निषेधले पलाएको हुन बाध्य हुने छ –
खिचापोखरी न्युरोड ब्यापार संघका अध्क्षय् सागर शाक्यले महाभूकम्प र कोविडले सुस्थाएको यस क्षेत्रको ब्यापार लयमा फर्किदै गर्दा महानगरले पार्किंग नि:षेध गर्दा यसको दुरगामी असर पर्ने बताए। उनले भने ‘ महानगरले यस निर्णय लिन अगाडी स्थानीय ब्यबसायमा पर्ने सकारात्मक नकारात्मक असरको बारेमा छलफल गर्न पर्ने हो। तर यस निर्णयले महानगर स्थानी नगरवासी प्रति जिम्मेवार नभएको महसुस भएको छ। ’
महानगर आफैले निमाण गर्दै गरेको सांस्कृतिक भवन ब्य्बाहारिक छैन –
सामाजिक अभियानता राधाकृष्ण महर्जनले कहानगरले सिद्दीचरण स्थित निर्माण गर्दै गरेको सांस्कृतिक भवन अब्य्बहारिक रहेको बताए। उनले भने ‘ व्यापारिक मुख्य केन्द्रमा सवारी साधन पार्किंगको मुख्य समस्या रहदा रहदै सांस्कृतिक भवन बान्नु उचित होइन , यहाँ आउनेले कहाँ पार्किंग गर्ला सवारी साधन ? ’