आज :

कोरियालाई हराउँदै जोर्डन सेमिफाइनलमा

  • अनलाइन डबली

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा जोर्डन फाइनलमा पुगेको छ । मंगलबार राति भएको खेलमा दक्षिण कोरियालाई २–० ले पराजित गर्दै जोर्डन उपाधि नजिक पुगेको हो । जोर्डन प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो पटक हो ।

आफ्नो पहिलो सेमिफाइनल खेलेको जोर्डन योर्गन क्लिन्समेनको दक्षिण कोरियाली टिमविरुद्ध जितका लागि पूर्णतः हकदार रह्यो ।

खेलको ५३ औं मिनेटमा जोर्डनका याजन अल–नामटले पहिलो गोल गरेका थिए । प्रतियोगितामा उनको यो तेस्रो व्यक्तिगत गोल हो । मउसा अल–तमारीले ६६ औं मिनेटमा जोर्डनका लागि दोस्रो गोल गरे । अल–नामट र अल–तमारीको आक्रामक खेलका अगाडि दक्षिण कोरियाली टिम कमजोर र फिक्का देखिएको थियो ।

बुधबार प्रतियोगिताको दोस्रो सेमिफाइनल हुनेछ र त्यसमा इराकले आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतारको सामना गर्दैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal