काठमाडौं । ललितपुर पुल्चोकस्थित होटल स्कायरको स्विमिङ पुलमा करेन्ट लागेर अचेत अवस्थामा पुगेका सजिलमान शाक्यलाई न्याय दिलाउन प्रदर्शन गरिएको छ ।
मंगलवार पाटन दरवास्कायरमा स्थानीय, अयिभान्ताहरुलगायत सयौंको संख्यामा भेला भई घाइेत शाक्यको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ध्यान आकर्षण पत्र दिये पश्चात स्कवायर होटल आगाडी पुगेर जस्टीस फर सजिल’,‘आफ्नो गल्ती स्वीकार गर’ लगायतका प्लेकार्ड सहित नाराबाजी गरेका छन् ।
ब्यापक जनादवाब बढेपछी होटलकी सञ्चालिका सञ्चालक रोमी अर्याले सोमपबार प्रहरीसमक्ष उपस्थित भएपछि पक्राउ परेकी छिन । गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए।
प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ । हाल सलिजमान शाक्यको जावलाखेलस्थित घरमै उपचार भइरहेको छ ।