
भक्तपुर । नागरिककर्मी कृष्ण किसी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भटराई र नेपाल टेलिभिजनका दिलीप थापामगर गरी तीन जना पत्रकारहरु पुरस्कृत भएका छन् । पत्रकार किसी र थापामगर रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट र प्रधानसम्पादक भटराई स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय सभापति रवि लामिछानेले उनीहरुलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाई पुरस्कृत गरेका हुन् । रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरको मंगलबार भक्तपुरमा भएको १४ औ वार्षिकोत्सवको अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा। रविन खड्कालाई पनि सम्मान गरियो ।