आज :

हुम्लाको रादेउ वडाबाट दर्जनौ व्यक्ति सम्मानित

  • देवकी तिमल्सिना

सुर्खेत। हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको रादेउ वडाले विभिन्न क्षेत्रका अगुवाका साथै दर्जनौ स्थायी शिक्षक तथा कर्मचारीलार्इ सम्मान गरेको छ। हिउँदको समयमा सबैको उपलब्धताका हिसावले सुर्खेतमा उनीहरुलार्इ सम्मान गरिएको कुरा आयोजक वडा र सामाजिक संस्थाहरुले जनाएका छन्।

यसरी सम्मानित हुनेहरुमा रादेउ वडाबाट सर्वप्रथम विद्यावारिधी गरेका डा. दीपेन्द्र रोकाया¸ प्रथम गाउँपालिका अध्यक्ष कृष्ण रोकाया¸ र्इन्जिनियर सुनाम ऐडी¸ लेखकद्धय देवकी तिमल्सिना र जैमल रोकाया¸ सफल व्यवसायी थार्पा ऐडी र धनबहादुर ऐडी छन्।

यसैगरी स्थायी शिक्षकहरु रेशमराज रोकाया¸ राजबहादुर ऐडी¸ ज्ञानबहादुर रोकाया¸ रुपबहादुर रोकाया सम्मानित भएका छन्। अवकाश प्राप्त शिक्षक सुरेश रोकाया र नरवीर ऐडी तथा स्वास्थ्य कर्मचारी मदन ऐडी पनि सम्मानित भएका छन्। एवं प्रकारले कर्मचारी पार्वती रोकाया¸ टेकबहादुर ऐडी¸ कैलाश ऐडी¸ देवबहादुर ऐडी¸ चक्र ऐडी र भीमराज ऐडी सम्मानित भएका छन्।

हुम्लाको हिमज्योति मावि सर्केगाडका प्रथम प्रधानाध्यापक जोगवीर रोकाया¸ प्रथम वडा अध्यक्ष ट्यार्या रोकाया र पत्रकार नन्दबहादुर ऐडीलार्इ मरनोपरान्त योगदानको सम्झना गरेर सम्मान गरिएको छ। सोही अवसरमा कर्नाली प्रदेश योजना आयोगका पूर्व सदस्य डा. दीपेन्द्र रोकायाले सबै क्षेत्रबाट विकास गर्न प्रोत्साहन मिल्ने कार्यक्रम भएकोमा खुशी व्यक्त गरे। उनले सबैलार्इ प्रोत्साहित गर्दै भने¸ ×रादेउ र फुचाले हुम्लाको इतिहासमा खेलेको भूमिका उल्लेखनीय छ¸ यस आधारमा थप योगदानको लागि अपिल गर्दछु।”

सम्मान पाएका प्रथम गाउँपालिका अध्यक्ष कृष्ण रोकाया¸ लेखक देवकी तिमल्सिना¸ शिक्षकहरु रेशमराज रोकाया¸ ज्ञानबहादुर रोकाया¸ जैमल रोकाया तथा कर्मचारीहरु कुम्मेर रोकाया¸ पार्वती रोकाया¸ कैलाश ऐडी¸ असल ऐडी लगायतले कार्यक्रमले वडालार्इ नमुना बनाउन प्रोत्साहन गरेको बताए। कार्यक्रममा काल्ची रोकाया¸ जानकी रोकाया¸ शारदा रोकाया¸ धनवीर ऐडी र सपना रोकायाले देउडा गीतको माध्यमबाट अनुभूतिजन्य मन्तव्य दिए।

यसै कार्यक्रमले वडास्तरीय शिक्षक-कर्मचारी मिलन केन्द्र र संघ-संस्था वडा मञ्च गठन गरिएको वडा अध्यक्ष रंगमल रोकायाले जानकारी दिए। उनका अनुसार वडा सहायता कोष निर्माणका लागि छलफल भयो। यस कार्यका लागि कुम्मेर रोकायाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यक्रम वडा कार्यालय र अप्सरा इन्जिनियरिङ कन्सल्टेन्सी कोहलपुर¸ सिर्जनशील युवा क्लव रादेउ¸ लक्ष्मी मल्टिमेडिया¸आइटी टेक्नोलोजी सिमकोट¸ उज्यालो सामुदायिक पुस्तकालय रादेउ¸ कृषि जडीबुटी तथा पशुपन्छी कृषक समूह रादेउको सहकार्यमा सम्पन्न भयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal