आज :

बाजुरा घटना,बलत्कारी र हत्यारा जोगाउने प्रहरी रक्षक होइन भक्षकः एकीकृत दलित मुक्ति मोर्चा

  • अनलाइन डबली

काठमाडौं । बलत्कारपछि हत्या भएको १ महिनासम्म किटानी जाहेरिलाई दर्ता नगरेर हत्यारा जोगाउने बाजुरा प्रहरी प्रशासन रक्षक नभई भक्षक भएको दलित मोर्चाले आरोप लगाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै एकीकृत दलित मुक्ति मोर्चा नेपालले अभियुक्त जोगाउनेलाई नछाड्ने चेतावनीसमेत दिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट मोर्चाका संयोजक दर्शन कुमार नेपालीद्वारा हस्ताक्षेरित सो विज्ञप्तिमा प्रहरी प्रसाशनले पीडकसँगको मिलेमतोमा अपराधी जोगाउन ३२ दिनपछि जाहेरी दर्ता गरेको आरोप लगाएको छ ।

सो विज्ञप्तिमा भनिएको छ,“बाजुरा बुढिगंगा नगरपालिका वडा नं १ बस्ने वर्ष १७ कि रेजिना नेपालीको सव २०८० पुष २ गतेका दिन घरमै झुण्ड्याईएको अवस्थामा भेटिएको र उक्त घटनामा प्रहरी प्रशासनले देखाएको निच हर्कतको घटनाले हाम्रो मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।”

विज्ञप्तिमा पीडित परिवारले न्यायका निम्ति किटानी जाहेरी दिदादिदै पनि दोषी उम्काउने नियोजित षड्यन्त्र भएको उल्लेख गरिएको छ,“बुवा–आमा रोजगारीको शिलशिलामा भारत गएको बेला बाजुरा खप्तड छेड्दह गाँउपालीका वडा न ७ वर्ष ४५ को से १ ज ११८८ नम्बरको सवारी चालक अर्जुन रावत भन्ने व्याक्तीबाट ४ जना किशोरीहरु यौन हिंसाको सिकार भएको र रेजिना नेपालीको बलात्कार पछि हत्या गरिएको घटनामा पीडित परिवारले २०८० पौष ४ गते बाजुरा प्रहरी प्रशासनमा किटानी जाहेरी दर्ता गर्न जाँदा पोष्टमार्टम रिपोर्ट बिना जाहेरी लिन इन्कार गर्नु, र फेक पोष्टमार्टम रिपोर्ट बनाई ३२ दिन पछि घटनालाई कमजोर बनाएर पीडित परिवारले तयारी गरेको जाहेरी प्रहरी प्रशासनको दबाबमा सच्याएर आत्महत्या दुरुत्साहानको जाहेरी बनाई प्रहरी प्रशासन बाजुराले दर्ता गर्नुले दलित, उत्पीडित समुदाय र नागरिक प्रति प्रहरी प्रशासन कति जिम्मेवार छ भन्ने कुराको चित्र देखाउँदछ ।”

समाजमा अम नचयन कायम गर्न र होचा मिमुखाको रक्षक प्रहरी प्रशासनको गलत हर्कत भएको भन्दै विज्ञप्तिमा उल्लेख छ,“नागरिक हरुको सुरक्षार्थ खटिएको भनिएको प्रहरी प्रशासनले खेलेको योस्तो खालको खलनायकको भुमिकाले पोष्टमार्टम रिपोर्ट र अभियुक्तको संरक्षणमामा प्रहरी प्रशासन जिम्मेवार रहेको देखिन्छ । कथित कानुनि राज्यको वकालत गर्ने दलाल संसदीय राज्य प्रणाली को गृह प्रशासन मातहतको बाजुरा प्रहरी प्रशासन को हर्कत को यसै विज्ञप्ति मार्फत नेपाल सरकार गृहमन्त्रालय को गम्भीर ध्यानाकर्षण गराउन चान्छौँ । आन्था यस्ता खालका अपराधीक हर्कतकाबिरुद्ध प्रतिरोध संघर्ष गरिनेछ ।”

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal