आज :

टोखाको चाकु र व्राण्ड अभियन्ता कृष्णबहादुर श्रेष्ठ

  • पदम श्रेष्ठ

चाकु विशेषगरी काठमाडौं उपत्यकामा माघे संङग्रान्ती र योमरी पुर्णिमाको बेलामा मात्र खाईन्छ भन्ने भ्रम पाईन्छ तर नेवार समाजमा जन्मदेखि मृत्यु पर्यन्त प्रत्येक कर्मकाण्ड संस्कारमा चाकु अनिवार्य चाहिन्छ भन्ने कुरालाई थोरैले मात्र ध्यान दिईरहेका हुन्छन् ।
टोखा चाकु व्राण्डका अभियन्ता उद्यमी कृष्णबहादुर श्रेष्ठ भन्छन् , चाकु नेवार जीवनको हरेक अवसरमा नभई नहुने परिकार हो । नेवार समाजमा सन्तान जन्मिए माईती पक्षले मासु चिउराको परिकार ज्वानो कासाथ चाकु अनिवार्य लानुपर्ने परम्परा छ भने ,मानिसको मृत्यु भई सदगत सिध्याएर घर फर्किदा मलामीहरुलाई चिपँ थिकेगु भन्दै चिउरा , नुन रक्सीका साथ चाकु खुवाईन्छ ।
विवाहमा कुरा छिनेर लाखा रोटी लाँदा सगुन स्वरुप चाकुपनि लाने चल छ, भने चाकु स्वस्थानी ब्रत कथा देखि सत्यनारायणको पुजामापनि शुद्ध खान्की को रुपमा अनिवार्य मानिन्छ । यसका अलावा चाकु हाईकिङ ,ट्रेकिङ जाँदापनि खाएर हिड्दा लेक लाग्दैन भन्ने मान्यता छ ।
यति धेरै महत्व बोकेको चाकु उत्पादन क्रम झण्डै टोखाबाट विस्तपित भैसकेको थियो एक समय । चाकुको केन्द्र टोखा भनिएतापनि उखु उत्पादन हुन छाड्दै जानु , कामदारको अभाव , चाकुमा लाग्ने खर्च उठाउन नसक्ने स्थितिमा ब्यवसायीहरु पुगेपछि झण्डै बन्द अवस्थामा पुगिसकेको थियो । सो स्थितिलाई ध्यानमा राखि स्थानिय कृष्णबहादुर श्रेष्ठसहितले संगठित रुपमानै चाकु उत्पादन थाल्नुभयो ।
आप्mनै अध्यक्षतामा गठित टोखामा सञ्चालित चाकु उत्पादन केन्द्रका लागि आवश्यक उखुको रसबाट बनेको सख्खर कहाँबाट ल्याउने भन्ने भयो । टोखामा उखु उत्पादन हुन छोडीसकेकोले आवश्यक सख्खर सुरुमा कालिमाटी , असनबाट ल्याएर बनाईन्थ्यो चाकु तर पछि झण्डै बन्द भैसकेको चाकु उत्पादनलाई बजारको अध्ययन गर्दा थुप्रै माग भएपछि संगठीत रुपमा उद्योग स्थापना थालियो ।

हाल टोखामा संगठीत चाकु उत्पादकहरु-
१) कृष्ण चाकु प्रोडक्सन २) काशीललाल चाकु प्रा. ३) टोखा चाकु प्रोडक्सन
४) टोखा चाकु उद्योग ५) फोर.एस.चाकु उद्योग ६) बाबुराजा चाकु प्रोडक्
७ ) अमर चाकु उद्योग ८) न्हुछे चाकु तथा तितौरा ९ ) गंगा चाकु प्रोडक्ट १०) सरोज टोखा चाकु लक्ष्मीपुर ११) टोखा भाईलाल चाकु केन्द्र
१२) टोखा चाकु खाद उद्योग १३ ) काशीलाल चाकु प्रोडक्शनले मिलेर अन्र्तराष्टिय ब्राण्डपनि उत्पादन गर्न थालेको बताउनुहुन्छ कृष्णबहादुर श्रेष्ठ ।
यसका लागि आवश्यक सख्खर कपिलबस्तुको धुनिवेसी , नवलपरासीको कृष्णनगरबाट ल्याउन थालेपछि टोखामा चाकुले पुर्नजागृत हुन पाएको छ । विश्वकै छुटटै मिठाई हो , चाकु चाकु कार्तिक महिनादेखि उत्पादन थालिन्छ टोखामा । अन्य परिकारहरु पुष्टकारी, गुँडपाक, तिलौरी , लत्तेपाआदिका परिकार नेपालमानै प्रयोग हुने र कतिपय चाकुका परिकार अमेरिका ,अष्टेलिया ,दक्षिण कोरीया,जापान , ईण्डियासम्म पुग्ने गरेको बताउनुहुन्छ चाकु प्रवद्र्धक कृष्णबहादुर श्रेष्ठ । भनिन्छ , जंगबहादुर राणा बेलायत जाँदा नेपाली उत्पादन उपहार चाकुका परिकार लगिएको थियो । राणाकालदेखिनै देश विदेशसम्म उपहारको रुपमा लैजाने चाकुको परिकारको उत्पादन कम तर माग बढी भएपछि टोखा बाहिरबाट ल्याईएको उखुको सख्खर व्यापक रुपमा भित्रीन थाल्यो भने सजिलोका रुपमा सस्तो उखुको खुदो तराईबाट भित्रिन थालेपछि टोखा क्षेत्रमानै उत्पादन हुने निकालो जातको मसिनो उखुको उत्पादन थप्प प्रायः हुन पुगेको अबस्था थियो ।

टोखाको चाकु पहिचान जोगाउने प्रयास परम्परागत निगालो जातको मसिनो खाले उखुको लाक्रा टोखाको मुख्य पहिचानमुखि उखु मानिन्छ । टोखाको उखुलाई पहिचान दिनुपर्दा हातको बुढी औंला जस्तो उखुको लाक्रा हुने गरेको बताईन्छ । वि,सं.२०१६ सालसम्म यहिंको उखुले चाकु बनाएर टोखाको प्राचिन उखुको अस्तित्वलाई संरक्षण गर्दै आईरहेका थिए याहाँका पुर्खाले तर टोखाको चाकुले अस्तित्वनै ओरालो लाग्दै जान थालेको अनुभुति भएपछि कृष्णबहादुरको नेतृत्वमा २०३६ सालमा बनेको समिति र केहि स्थानिय युवाहरुले पनि पुरानै उखुको वेर्नालाई जगाउने अभियान थालेका हुन् ।
हाल १३ वटा चाकु उत्पादन केन्द्र मार्फत टोखाको चाकुको ईतिहासलाई बचाउदै आईरहेको भएपनि स्थानिय उखुको नश्ल टि टुको अस्तित्व नाश हुने खतरा बढेपछि मौलिक उखुको नश्ल बचाउने अभियान थालिएको छ । भनिन्छ , पुराना बुढापाका मार्फत उखुको निगालो नश्लको उखुको वेर्ना संकलन गरी आफनै जग्गामा सार्न थालिएको छ । त्यो उखुबाट खुदो निकालेर नमुना चाकु उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको कृष्णबहादुर श्रेष्ठ स्पष्ट पार्नुहुन्छ । पुरानो प्रविधी अनुसार उत्पादन हुने चाकु स्तरिय अर्गानिक हुने समेत विश्वास गर्न सकिन्छ ।
२०६२ साल कार्तिक २२ गते कम्पनी रजिष्टारको कार्यालय त्रिपुपुरेश्वरमा दर्ता गरी गुणस्तर नापजाँच कार्यालयबाट समेत प्रमाणपत्र लिई टोखा चाकु ब्राण्ड बनाउँदा थुप्रै कानुनी तथा सरकारी झमेलाहरु पार गर्नु परेको अनुभव सुनाउनुहुन्छ कृष्णबहादुर श्रेष्ठ । रजिष्टारको कार्यालयमा दर्ता गरिएको चार वर्षपछि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको पहलमा २९ ईन्चको उखु पकाउने डेक्ची , प्याकिङ गर्ने मशिन र चाकु पकाउन दाउरा दिएर परम्परागत चाकु उत्पादनमा सहयोग थालनी भएपछि भने चाकु उत्पादक उद्यमीहरुमा केहि आशा पलाएको बताईन्छ । त्यसपछि चाकु उत्पादक उद्यमीहरुको बारे लेखिएको स्मारिका प्रकाशनलाई एक लाख ५० हजार रुपियाँ सहयोग भयो भने चाकु उत्पादनका लागि स्तरिय उखु पाउने ठाउँ कपिलवस्तुको कृष्णनगर गुल्मीको छत्रवास गाउँपालिका भ्रमणका लागि २०८० साल मंसिर १४ गते दुई लाख ५० हजार रुपियाँ सहयोग रकम उपलव्ध गाराएर उखु किसान र उद्यमीको कार्यमा एक्यवद्धता जनाएपछि नयाँ नयाँ चाकुका परिकारहरु उत्पादन हुन थालिएको छ ।
चाकु नेवार जीवनको अभिन्न संस्कृति
⦁ टोखाया चाकु , मचा बुल हाकु योमरी माकु……….
⦁ अर्थात टोखाको चाकु बच्चा जन्मियो काले योमरी स्वादिलो वोलको गीत
ख्याली जुजु मदनकृष्ण श्रेष्ठले गाउनुभए जस्तै नेवार जीवनका हरेक पक्षमा चाकु अनिवार्य मानिन्छ ।
योमरी चाकु उकि दुने हाकु
व्युम्ह ल्यासे मव्युम्ह बुढीकुटी
तीहारमा देउसी भैलो खेले जस्तै चाकु तिलले तरीका संग बनाएर मःमः बफाएर पकाएजस्तै पकाएर खाने ,खुवाउने देखि प्रत्येक वर्ष माघे संक्रान्तिका दिन घिउ चाकु खाईन्छ । चाकुको परिकार खानाले शरीरमा ताप बढेर चिसो लाग्न बाट बचाउँछ भन्ने मान्यताअनुसार देशमा सर्वाधिक जाडो महिनामा पर्ने पुष माघ महिनामा पर्ने माघे संग्रान्ती र योमरी पुर्णिमाँकै बेला चाकुको परिकार खाने खुवाउने परम्परा रहेको हो ।
चाकु एक परिकार अनेक मुलतः चाकुको उत्पादनको कच्चा पदार्थ उखु एक भएपनि चाकु बनाउने पहिलो सामग्री उखु पेलेर पकाएर बनाउने सख्खर नै हो । त्यहि सख्खर विभिन्न तरीकाले छानेर छुटटाएर राम्रो पहेलो असल सख्खरबाट चाकु बनाईन्छ । त्यहि चाकुबाट विभिन्न पाक मिलाएर गुँडपाक , पुष्टकारी , तीलौरी , सुत्केरी औषधी फाकु वासः आदि बनाईन्छ भने तराईमा सख्खरको प्रयोग गरी गोलफुकीबाट लाई , तीलको लडडु , मुराई लडडु आदी बनाईन्छ । त्यहि चाकु वा सख्खरको छोकर प्रयोग गरी तमाखु खान देखि पुजामा सर्वत बनाउन सम्म प्रयोग गरिन्छ ।
चाकु र चाकुका परिकारहरु चिसोबाट बच्न खाईन्छ भने खीर बनाउँदा वा सातुसंग खाएमा चिनीको केमिकलबाट पर्ने कुप्रभाव शरीरमा पर्दैन भन्ने मान्यता पनि रहेको छ । चकुबाट गँुडपाक ,पुष्टकारी ,सुत्केरीलाई खुवाउन बनाईने चाकु वासः ,तिलौरी ,लत्तेपादेखि अनेक परिकार बनाईन्छ ।
टेकिङ ,हाईकिङ यात्रामा चाकुको परिकार खादै हिड्दा हाईअल्टिच्युट लाग्दैन भन्ने मान्यता पाईन्छ । त्यसैले जनैपुर्णिमाँ को बेला गोसाँईकुण्ड वा पाँच पोखरीको यात्रामा जानेहरुले लसुन प्याज र चाकु लिएर जाने गर्दछन् चाकु यतिसम्म ताप बृद्धि गर्ने हुन्छ कि जाडोमा चाकु खाएर नुहाउँदा चिसो लाग्दैन भन्ने मान्यता छ । चाकुमा भएको लेसाईलोपनको कारण प्राचिन दरबार बनाउँदा चाकु ,मासको दाल ,सुर्की मिसाएर ईटा जोड्ने मसला बनाईन्थ्यो भन्नेपनि छ ।
कहाँ पर्छ त चाकु उत्पादनको हव चाकुको तात्विक अर्थ गुलीयो टुक्रा हुन्छ । नेपाल मण्डल अर्थात काठमाडौं उपत्यका वरीपरिका ऐतिहासिक वस्तीहरु फर्पिङको नास्पाती , खोकनाको तेल , भक्तपुरको जुजु धौ ,मध्यपुर ठिमीको टिकनी बजी अर्थात चिउरा, सिन्धुलीको जुनार , गोर्खाको सुन्तोला , ककनीको टाउट माछा र स्टोवेरी ,मलेखुको माछा भनिएझैं गुलीयो टुक्रा अर्थात चाकु उत्पादनको पहिचान बनाएको ऐतिहासिक बस्ती हो, टोखा । नेपालभाषामा टु भन्नाले उखु र ख्यो ले चउर भन्ने बुझिन्छ । उखु उत्पादन हुने विशाल फाँटलाई समास गर्दा टु ख्यो नै कालान्तरमा टोखा हुन गएको हो । काठमाडौंबाट १०किमी उत्तर शिफुचो ( शिवपुरी ८,९६२ फिट) को काखमा अवस्थित टोखा, चाकु उत्पादन केन्द्र हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal