आज :

राष्ट्रलाई नोक्सानी पुर्याउने कसैलाई पनि नछोड्न सरकारसँग महासंघको माग

  • अनलाइन डबली

काठमाडौँ । नेपाल उद्योग व्यापार महासंघले राष्ट्रलाई नोक्सानी पुर्याउने काण्डमा मुछिएका व्यक्ति वा संस्थामाथिको छानविन प्रभावित पार्न नहुने बताएको छ । उसले त्यस्ता काण्डमा मुछिएकाहरुलाई छानविनको दायरामा ल्याउन ढिलो गर्न नहुने समेत बताएको छ ।

महासंघका अध्यक्ष खिमलाल भण्डारीले सोमबार विज्ञप्ति जारी गरेर उच्च मनोबलको साथ थप शंकास्पद व्यक्तिमाथिको छानविन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

“राष्ट्रलाई हानी नोक्सानी पुराउने जुनसुकै घटना वा काण्डका आरोपितमाथि अनुसन्धानलाई प्रभावित पार्ने काम कोही कसैले नगरी सहयोग गर्नुपर्छ भन्ने महासंघको मान्यता छ । यस्ता काण्डहरु अरु पनि थुप्रै हुन सक्छन, सरकारले उच्च मनोवलका साथ थप शंकास्पद व्यक्ति वा संस्थाहरुलाई छानविनको दायरामा ल्याउन कत्तिपनि ढिलो गर्नु हुँदैन” विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै महासंघले राज्यको नियम कानूनअनुसार स्वच्छरुपले आफ्नो उद्योग व्यवसाय गरेका व्यवसायीहरुलाई उच्च मनोवलका साथ उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन पनि सरकारसँग माग पनि गरेको छ ।

सरकारको कमजोर कानूनको फाइदा उठाएर देशमा लामो समयदेखि सरकारी सम्पत्ति कब्जा गर्ने, भ्रष्टाचार, तस्करी विभिन्न खाले अवैध गतिविधिको निरन्तर उजागर भइरहेको बताउँदै महासंघले विज्ञप्तिमा भनेको छ, “घटनामा संलग्न सरकारी कर्मचारी, सम्वन्धित व्यक्ति वा संस्था जो कोही पनि संलग्न रहेको आधार र प्रमाण फेला परेर सम्वन्धित निकायले छानविनको दायरामा ल्याई अनुसन्धान भइरहेको र कसैलाई मुद्दा समेत चलेको सन्दर्भमा जो कसैको दवावमा नपरी स्वतन्त्र र निष्पक्ष ढंगले छानविन अघि बढाई दोषी ठहरिए जो कोहीलाई कानून बमोजिम कारवाही गर्न नेपाल उद्योग व्यापार महासंघ सरकारसँग जोडदार माग गर्दछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal