आज :

सरकारले लगाएको करको विरोधमा नेपाल चलचित्र संघ, आज देशभरका फिल्म हलहरु बन्द

  • अनलाइन डबली

काठमाडौँ । नेपाल चलचित्र संघले सरकारले लगाएको करको विरोध जनाएको छ । सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै आज देशभरको फिल्म हलहरु बन्द गरेको छ ।

चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको संघको आरोप छ ।

संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै सङ्घले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग पनि गरेको छ ।

सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको समेत जनाएको छ ।

त्यस्तै चलचित्र संघको निर्णयमा ऐक्यबद्धता जनाउँदै क्युएफएक्सले पनि आफ्नो सबै हल सोमबार बन्द रहने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal