आज :

मौसम बदलीः वर्षा र हिमपात, चिसोले भूकम्प पीडितको अवस्था कष्टकर

  • अनलाइन डबली

काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका धेरै ठाउँमा मौसम परिवर्तनको सम्भावना छ ।

उक्त प्रणालीको प्रभावका कारण आइतबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हलुकादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा शनिबार दिउँसो जारी बुलेटिनका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरु, वाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूसँगै तथा विभिन्न जिल्लाका एक– दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

सोमबार साँझबाट भने मौसममा क्रमशः सुधार हुँदै जाने पूर्वानुमान छ ।उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सूचीत गरेको छ ।

यसअघि परेको वर्षा र हिमपातसँगै बढेको चिसोले भूकम्प पीडितको अवस्था कष्टकर बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal