आज :

एनआरटी मकवानपुर गोल्डकपको सेमिफाइनलमा

  • अनलाइन डबली

काठमाडौं । एनआरटी हेटौंडामा जारी छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग च्याम्पियन चर्च व्वाइजमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरको नाटकीय जीत दर्ता गराउँदै एनआरटी अन्तिम चारमा स्थान बनाउने पहिलो टोली बनेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।

हेटौंडा–६ स्थित गौरीटाार रंगशालामा भएको टाइब्रेकरमा विजयी टोली एनआरटीको तर्फबाट अभिषेक लिम्बु, जय गुरुङ, प्रिसो र विवेक गुरुङले गोल गरेका थिए ।

एनआरटीका मोहितको गुरुङको प्रहार विपक्षीका गोलरक्षक रेम्बो चौधरीले बचाएका थिए ।

चर्च व्वाइजको तर्फबाट निरज कार्की, बिकु राई, कमल श्रेष्ठको प्रहार गोलमा परिणत भएको थियो ।

चर्च व्वाइजका विदेशी खेलाडी बाउण्डोमाको प्रहार बाहिरिँदा र लक्षु थापाको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेका थिए ।

दुई गोलले पछाडि परेको अवस्थामा एनआरटीले निर्धारित समय ९० मिनेट र अतिरिक्त समयको चौथो मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो ।

चर्च व्वाइजको तर्फबाट खेलको ५४ औं मिनेटमा राजेश परियार र ७६ औं मिनेटमा मार्टिनले गोल गरेका थिए ।

परियारले डिबक्स बाहिरबाट प्रहार गरेको बल उत्कृष्ट गोलमा परिणत भएको थियो । मार्टिन्सले मनिस जर्गामगरले उपलब्ध गराएको बलमा गोल गरेका थिए ।

खेलमा हारतर्फ अग्रसर भइरहेको अवस्थामा आक्रमक बनेको एनआरटीले ९० औं मिनेटमा अशोक थापाले ‘व्याक हिल’ गोल गर्दै टोलीमा उत्साह थपे ।

निर्धारित समयपश्चात् थप गरिएको चौथो मिनेटमा विदेशी खेलाडी ग्लोरीले गोल गर्दै एनआरटीलाई राहत दिए । उनका गोलसँगै खेल बराबरी भएको थियो ।

निर्धारित समयसँगै सिधै टाइब्रेकरबाट जीतहारको टुंगो लगाइएको हो ।

एनआरटीले अन्तिम चारमा धनकुटाको राजारानी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा शनिबार आयोजक मकवानपुर ११ र वाग्मती युथ क्लब सर्लाहीबीच खेल हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal