आज :

आहा रारा गोल्डकपको उपाधि २१ वर्षपछि आर्मी क्लबको हातमा

  • अनलाइन डबली

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब हात पारेको छ । शनिबार सकिएको २३ औँ संस्करणको च्याम्पियन बन्न आर्मी क्लबले थ्री स्टार क्लबलाई ३–० ले पराजित गरेको थियो ।

यसअघि पकड जमाउँदै आएको थ्री स्टार २३ औं संस्करमा भने स्तब्ध भयाे । योसँगै आर्मी आहा राराको पहिलो उपाधि जितेको हो । खेलमा २१ बर्षबाट सहभागी हुँदै आएको आर्मी क्लबले उपाधिको लागि यतिका बर्ष कुर्नु परेको थियो ।

आर्मीको जितमा जिलेस्पी जङ्ग कार्की, फत्तेमान घले र वसन्त जिम्वाले एक–एक गोल गरे । जिलेस्पीले खेलको ३८औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको आर्मी दोस्रो हाफको अन्त्यतिर थप दुई गोल गरेको थियो । आर्मीका फत्तेमान घलेले खेलको ८३औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा वसन्त जिम्वाले तेस्रो गोल गरेका थिए ।

२०६० साल आर्मी क्लब आहा रारामा पहिलो पटक सहभागी भएको थियो । त्यसपछि लगातार उपाधिको संघर्ष गरिरहेको थियो ।

थ्री स्टारलाई दुई पटक उपाधि जिताका आर्मीका प्रशिक्षक मेघराज केसी खेलाडीकै मिहेनतले आर्मीले २१ वर्षपछि उपाधि जित्न सफल भएको बताए । उनले आहा राराको उपाधि जित्नु गर्वको विषय भएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal