आज :

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्न तयार छुः अरुण चौधरी

  • अनलाइन डबली

काठमाडौँ । उद्योगी तथा चौधरी ग्रुपका मालिक अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा सिआईबीका अनुसन्धान अधिकृतहरूसँगको बयनमा चौधरीले जग्गा फिर्ता गर्न तयार रहेको बयान दिएका हुन् । बयनको क्रममा चौधरीले भने, “हाम्रो लगानीअनुसार बाँसबारी छाला जुत्ता कारखानाले जग्गा दिएको थियो तर, सो जग्गा फिर्ता गर्न म तयार छु ।”

बाँसबारी छाला जुत्ता कारखानालाई २५ प्रतिशत शेयर दिने गरी चौधरी समूहले च्याम्पियन फुटवेयर स्थापना गरेको थियो । सम्झौता अनुसार बाँसबारी छाला जुत्ता कारखानाले च्याम्पियन फुटवेयरमा लगानी नगरेको सिआईबीले जनाएको छ ।

बाँसबारी छाला जुत्ता कारखाना सञ्चालक समितिले च्याम्पियन फुटवेयरमा २५ प्रतिशत लगानी गर्ने सम्झौता गरेको थियो । सो बापत १२ लाख ५० हजार लगानी गरे पुग्नेमा २६ लाख लगानी गरेको अनुसन्धानबाट थाहा भएको छ । उक्त लगानी बापत १० रोपनी जग्गाको मूल्य बराबर २५ लाख र नगद १ लाख गरी २६ लाख लगानी गरेको ब्युरोले जनाएको छ ।

चौधरी ग्रुपले बदमासी गरेर च्याम्पियन फुटवेयरको ५० लाख चुक्ता पुँजीमा २६ लाख लगानी गरेपनि बाँसबारीको नाममा २५ प्रतिशत मात्रै सेयर लिने सम्झौता गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

जग्गा हिनामिना गरेको अपरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सीजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।

सिआईबीले सरकारी जग्गा निजीकरण गरेको आरोपमा चौधरीलाई पक्राउ गरि थप छानविन गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal