Skip
आज :

पचली भैरवको खड्गसिद्धी तान्त्रिक नाच काठमाण्डौको काष्ठमण्डप क्षेत्रमा शुरू

  • अनलाइन डबली

काठमाडौँ । काठमाण्डौको पचली भैरवको खड्गसिद्धी नाच काठमाण्डौको काष्ठमण्डप क्षेत्रमा शुरू भएको छ । शुक्रबार बेलुकीदेखि काष्ठमण्डप क्षेत्रमा शुरु भएको तान्त्रिक नाच आज दिनभर चल्नेछ । काठमाण्डौको मालाकार समुदायबाट सञ्चालित पचली भैरव नाचमा कुमारी, गणेश लगाएत १२ देवगणको सहभागिता रहन्छन् ।

आज देवगण नाइके वाद्यगुरुसहित ५० जनाभन्दा बढीको सहभागितामा  गणेश, ब्रम्हायणी, रुद्रायणी, नारायणी लगायतको नाच प्रदर्शन गर्नेछन् ।  प्रत्येक  १२ वर्षेमा प्रदशन गरिदै आएको  यो नाच काठमाण्डौको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा स्थानमा  प्रदर्शन गर्ने परम्परा रहदै आएको   छ ।

तत्कालीन समयमा राजा र देवताबीच खड्ग साटासाटको रुपमा लिइने यो तान्त्रिक नाच हरेक १२ वर्षमा देखाउने गरिन्छ । बडादशैँको टीकाको दिन टेकुको पचली भैरव मन्दिरबाट शुरु भएको यो नाच २०८१ सालको बडादशैँको अष्टमीका दिन समापन हुन्छ ।

नाच समापन भएपछि देवगणहरुको  सबै मुखौटा बागमती र बिष्णु मति नदीको संगम स्थल  टेकु दोभानमा जलाउने परम्परा छ। पञ्चलिङ्गेश्वर, पञ्चमुखी लिङ्गेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएका इतिहासमा उल्लेख छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal